logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

गण्डकी गाउँपालिकाले ल्यायो ६२ करोडको बजेट, शिक्षा–स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा

गण्डकी गाउँपालिकाले ल्यायो ६२ करोडको बजेट, शिक्षा–स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा


  • बिहिबार, असार ११ २०८३
  • 4.4K
    SHARES

    गोरखा — गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड २१ हजार ३५ रुपैयाँ २० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ।

    मंगलबार सम्पन्न गाउँपालिकाको २० औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष ललिता अधिकारीले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरेकी हुन्। गाउँसभा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार) को अध्यक्षतामा सम्पन्न भएको थियो।

    गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा समृद्ध, सुशासित र जनमुखी गण्डकी गाउँपालिका निर्माणलाई मुख्य लक्ष्यका रूपमा अघि सारेको छ। सो लक्ष्य हासिल गर्न शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

    गाउँसभामा बजेटमाथि छलफल गर्दै जनप्रतिनिधिहरूले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। स्थानीय आवश्यकता र जनचाहनाअनुसार कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राख्दै सहभागीहरूले बजेटले नागरिकको जीवनस्तर सुधार तथा गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणसँगै आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page