logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

विदुर नगरपालिकाको १ अर्ब १६ करोडभन्दा बढीको बजेट पारित, उत्कृष्ट कर्मचारी सम्मानित

विदुर नगरपालिकाको १ अर्ब १६ करोडभन्दा बढीको बजेट पारित, उत्कृष्ट कर्मचारी सम्मानित


  • बिहिबार, असार ११ २०८३
  • 1.2K
    SHARES

    नुवाकोट । विदुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा रु. १ अर्ब १६ करोड ६२ लाख ५० हजार १८० बराबरको बजेट सर्वसम्मत रूपमा पारित भएको छ।

    बुधबार सम्पन्न नगरपालिकाको १९औँ नगरसभाको पहिलो बैठकमा नगरप्रमुख राजन श्रेष्ठले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सोही आधारमा नगरउपप्रमुख प्रभा बोगटीले पेश गर्नुभएको आय–व्यय विवरणसहितको बजेट, योजना तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो।

    नगरपालिकाले आगामी आर्थिक वर्षमा सेवा प्रवाह सुदृढीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    यसै अवसरमा चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने सेवा निवृत्त कर्मचारीहरूलाई सम्मानसहित विदाइ गरिएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख श्रेष्ठले कर्मचारीहरूको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रवाहमा समर्पित रहन आग्रह गर्नुभएको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page