गोरखा । सिरानचोक गाउँपालिकाले २३औँ राष्ट्रिय धान दिवसको अवसरमा असार १४ गते धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्ने भएको छ। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालका अनुसार हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिए पनि यस वर्ष सोही दिन पूर्णिमा परेकाले सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यतालाई मध्यनजर गर्दै एक दिन अगावै कार्यक्रम आयोजना गर्न लागिएको हो।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार धान दिवस तथा रोपाइँ महोत्सव सिरानचोक गाउँपालिका–५ स्थित चित्रेपोखरीमा असार १४ गते बिहान १०ः३० बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रममा जनप्रतिनिधि, गाउँसभा सदस्य, कर्मचारी, कृषक, कृषि क्षेत्रमा आबद्ध सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
धान उत्पादनको महत्व, कृषि क्षेत्रमा जलवायुमैत्री प्रविधिको प्रयोग, खाद्य सुरक्षाको सुनिश्चितता तथा धानमा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।
गाउँपालिकाले कार्यक्रमलाई सफल बनाउन वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, कृषक तथा सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
सिरानचोक गाउँपालिकाले कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको प्रवर्द्धन तथा किसानको आयस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण