logo

आइतबार, असार १४ २०८३

kantipurpationlinetv

२०८३ असार १४ आइतबार

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा सञ्चालनमा

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा सञ्चालनमा


  • शनिबार, असार १३ २०८३
  • 91
    SHARES

    काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा सञ्चालनमा ल्याएको छ।

    शनिबार आयोजित विशेष समारोहबीच नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष उर्मिला श्रेष्ठ तथा सञ्चार उद्यमी एवं महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरे।

    संस्थाका अनुसार गुणस्तरीय सौन्दर्य तथा स्किन केयर सेवालाई सर्वसाधारणको सहज पहुँचमा पुर्‍याउने उद्देश्यले सितापाइलामा नयाँ शाखा विस्तार गरिएको हो।

    कार्यक्रममा फेसियल हाउसकी संस्थापक सुश्मा महराले सितापाइला तथा आसपासका सेवाग्राहीले अब सौन्दर्य तथा स्किन केयर सेवाका लागि टाढासम्म जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिन्।

    ‘ग्राहकको सहजतालाई मध्यनजर गर्दै आधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा आफ्नै समुदायमा उपलब्ध गराएका छौं,’ उनले भनिन्।

    नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तारले अर्थतन्त्र सुदृढ बनाउन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले फेसियल हाउसले २०० भन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै उदाहरणीय योगदान दिएको उल्लेख गरे।

    त्यसैगरी, सञ्चार उद्यमी शोभा ज्ञवालीले झण्डै तीन दशकदेखि एउटै क्षेत्रमा निरन्तर समर्पणका साथ अघि बढेर सफल व्यवसाय स्थापना गर्नु प्रेरणादायी भएको बताइन्। उनले महिला उद्यमशीलता र रोजगारी सिर्जनामा फेसियल हाउसले स्थापित गरेको उदाहरण प्रशंसनीय रहेको धारणा राखिन्।

    नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसले सौन्दर्य सेवा मात्र नभई छाला उपचार, सीप विकास तथा महिला आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताइन्। यस्ता संस्थाको विस्तारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

    १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट सेवा सुरु गरेको फेसियल हाउसले हाल काठमाडौंसहित पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा विस्तार गरिसकेको छ। संस्थाले काठमाडौं र चितवनमा फेसियल एकेडेमी सञ्चालन गर्दै सौन्दर्य क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनसमेत गर्दै आएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page