काठमाडौं । राष्ट्रिय सिर्जनशील समाज नेपालले शुक्रबार तारकेश्वर नगरपालिकालाई विभिन्न प्रकारका औषधि हस्तान्तरण गरेको छ।
आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष मोहनकृष्ण अर्यालले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई औषधि हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विनोदकुमार शाह, नगर प्रवक्ता राधाकृष्ण खड्गी, जनस्वास्थ्य अधिकृत डा. लक्ष्मीप्रसाद घिमिरे, हेल्थ असिस्टेन्ट सन्तोष ढकाललगायतको उपस्थिति रहेको संस्थाका उपाध्यक्ष अनिल भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार तारकेश्वर नगरपालिकाका ११ वटै वडास्थित स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नदिन संस्थाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट बाँकी रहेका १०६ प्रकारका औषधि नगरपालिकालाई उपलब्ध गराइएको हो।
कार्यक्रममा नगर प्रवक्ता राधाकृष्ण खड्गीले राष्ट्रिय सिर्जनशील समाज नेपालले सामाजिक तथा स्वास्थ्य क्षेत्रमा गर्दै आएका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिन आग्रह गरे।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले औषधि सहयोगका लागि राष्ट्रिय सिर्जनशील समाज नेपालप्रति आभार व्यक्त गर्दै आगामी स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय गर्न अनुरोध गरे। उनले समन्वयका साथ सञ्चालन गरिने यस्ता कार्यक्रमलाई नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
संस्थाका सचिव प्रकाश ढकालले आगामी दिनमा संस्थाले सञ्चालन गर्ने सबै कार्यक्रम नगरपालिकासँग समन्वय गरेर अघि बढाइने बताए। साथै, आगामी कार्यक्रमहरूमा नगरपालिकाबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा पनि उनले व्यक्त गरे।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी