काठमाडौं । तारकेश्वर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्रता दिँदै अतिक्रमण गरेर निर्माण गरिएका संरचना १५ दिनभित्र हटाउन आग्रह गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालद्वारा जारी सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ अनुसार नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण स्थानीय तहको कानुनी दायित्व भएको उल्लेख गरिएको छ।
सूचनाअनुसार नगरपालिका क्षेत्रभित्रका खोला करिडोर तथा अन्य सरकारी सार्वजनिक जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना १५ दिनभित्र स्वेच्छाले हटाई सार्वजनिक जग्गा संरक्षण अभियानमा सहयोग गर्न अनुरोध गरिएको छ।
नगरपालिकाले तोकेको समयावधिभित्र अतिक्रमित संरचना नहटाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने तथा आवश्यक परे डोजर प्रयोग गरी संरचना हटाइने चेतावनी दिएको छ।
यसैबीच, नगरपालिकाले छुट्टै पत्र जारी गर्दै तारकेश्वर नगरपालिका–३ अन्तर्गत साविक जीतपुर गाविस वडा नं. ५, नक्सा सिट नं. ५ (ग), कि.नं. १५३ मा रहेको सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहरा १५ दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको जनाएको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी