logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

तीन विधेयक सर्वसम्मत पारित गर्दै सहिद लखन गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन सम्पन्न

तीन विधेयक सर्वसम्मत पारित गर्दै सहिद लखन गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन सम्पन्न


  • शुक्रबार, पुष १० २०८२
  • 1.4K
    SHARES

    गोरखा: सहिद लखन गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन तीन वटा महत्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको छ। बुधबार आयोजित अधिवेशनले गाउँपालिकाको आर्थिक व्यवस्थापन, गाउँसभा सञ्चालन तथा बजेट कार्यान्वयनलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न कानुनी व्यवस्था अनुमोदन गरेको हो।

    अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक–२०८२, गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि–२०८२ र विनियोजन ऐन–२०८२ को पहिलो संशोधन सर्वसम्मत रूपमा पारित गरेको छ।

    पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयकले गाउँपालिकाको बजेट विनियोजन, आर्थिक अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जिन्सी तथा लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै बेरुजु व्यवस्थापनलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

    त्यसैगरी, गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधिले गाउँसभा सचिवालयलाई कानुनी मान्यता प्रदान गर्दै बैठक सञ्चालन, प्रस्ताव दर्ता तथा निर्णय प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनेछ।

    अधिवेशनले विनियोजन ऐन–२०८२ को पहिलो संशोधनमार्फत कम आवश्यक भएका शीर्षकबाट बढी आवश्यक भएका शीर्षकमा बजेट रकमान्तर गर्ने व्यवस्था पनि स्वीकृत गरेको छ। साथै, न्यायिक समिति र राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन गाउँसभामा पेश गरिएको थियो।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक आर्थिक समितिका संयोजक दीपक पाण्डेले, गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि सम्बन्धी विधेयक वडा नं. ६ का अध्यक्ष दिलिपनारायण थापाले तथा विनियोजन ऐन संशोधनसहित न्यायिक समिति र राजस्व परामर्श समितिको प्रतिवेदन उपाध्यक्ष इन्दिरा तिवारीले प्रस्तुत गरेकी थिइन्।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरका अनुसार अधिवेशनमा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page