logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

आरुघाट गाउँपालिकाका आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा

आरुघाट गाउँपालिकाका आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा


  • शनिबार, मंसिर २७ २०८२
  • 1.6K
    SHARES

    गोरखा: आरुघाट गाउँपालिकाका नागरिकले अबदेखि आँखा सम्बन्धी निःशुल्क उपचार सेवा प्राप्त गर्ने भएका छन्। यसका लागि आरुघाट गाउँपालिका र गोरखा लायन्स आँखा सेवाकेन्द्रबीच बिहीबार सेवा प्रवाह सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

    सम्झौताअनुसार आरुघाट गाउँपालिकाभित्रका आँखाका बिरामीले गोरखा लायन्स आँखा सेवाकेन्द्रबाट निःशुल्क उपचार सेवा पाउनेछन्। आरुघाट आधारभूत अस्पतालबाट स्क्रिनिङ गरी सिफारिस गरिएका मोतियाविन्दुका बिरामीहरूको शल्यक्रिया गोरखा लायन्स आँखा सेवाकेन्द्रले निःशुल्क गर्ने व्यवस्था गरिएको छ।

    उक्त सेवाका लागि गाउँपालिकाले प्रत्येक शल्यक्रियाबापत सेवाकेन्द्रलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ उपलब्ध गराउनेछ। सेवाकेन्द्रले पोखरास्थित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सेवा सञ्चालन गर्ने जनाएको छ।

    सम्झौतापत्रमा आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र गोरखा लायन्स आँखा सेवाकेन्द्रका अध्यक्ष श्रवण जोशीले हस्ताक्षर गरेका छन्।

    यसअघि पनि गोरखा लायन्स आँखा सेवाकेन्द्रको प्राविधिक सहयोगमा आरुघाट आधारभूत अस्पतालमा आँखा उपचार शाखा स्थापना गरी स्थानीय नागरिकलाई आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page