logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

आरुघाटमा १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आरुघाटमा १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


  • शुक्रबार, पुष २४ २०८२
  • 1.6K
    SHARES

    गोरखा: आरुघाट गाउँपालिकामा १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको समन्वयमा आयोजित प्रतियोगिता आरुघाट गाउँपालिका–९ स्थित भीमोदय माध्यमिक विद्यालयमा तीन दिनसम्म सञ्चालन हुनेछ।

    प्रतियोगितामा गोरखाका ११ वटै स्थानीय तहबाट करिब ५५० जना खेलाडी सहभागी भएका छन्। प्रतियोगिताअन्तर्गत छात्र तथा छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ।

    जिल्लाका सबै स्थानीय तहका खेलाडीलाई सहज पहुँच हुने गरी यस वर्ष प्रतियोगिता आरुघाटमा आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले बागलुङमा आयोजना हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा जिल्लाको प्रतिनिधित्व गर्नेछन्।

    प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन्। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page