logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

आरुघाटमा अटो ड्राइभिङ सम्बन्धी पाँच दिने तालिम सम्पन्न

आरुघाटमा अटो ड्राइभिङ सम्बन्धी पाँच दिने तालिम सम्पन्न


  • बुधबार, माघ १४ २०८२
  • 1K
    SHARES

    गोरखा: आरुघाट गाउँपालिकामा गरिबी निवारण तथा लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको पाँच दिने अटो ड्राइभिङ तालिम सम्पन्न भएको छ। गत बुधबारदेखि सुरु भएको तालिम सोमबार एक कार्यक्रमका बीच समापन गरिएको हो।

    गाउँपालिकाका सबै वडाका इच्छुक नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा २० जनाको सहभागिता रहेको थियो। व्यावसायिक रूपमा अटो सञ्चालन गर्न इच्छुक सहभागीलाई विशेष प्राथमिकता दिई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

    संघीय सशर्त अनुदानअन्तर्गत प्राप्त बजेटबाट सञ्चालन गरिएको तालिमका लागि चितवनस्थित एमडी मोटर्स प्रालिसँग सम्झौता गरी प्राविधिक प्रशिक्षण उपलब्ध गराइएको थियो।

    गाउँपालिकाले तालिमपश्चात अटो व्यवसाय सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने जनाएको छ। रुट निर्धारण तथा सम्बन्धित निकायसँग समन्वय गरी भाडादर निर्धारण प्रक्रियामा समेत सहयोग गरिने गाउँपालिकाको भनाइ छ।

    तालिम समापन कार्यक्रम गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page