गण्डकी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत नयाँ लघु उद्यमी सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको आठ दिने उद्यमशीलता विकास तालिम (SIYB) सम्पन्न भएको छ।
वडा नं. १ देखि ४ सम्मका इच्छुक सहभागीलाई लक्षित गरी २०८३ साल वैशाख १५ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको तालिम वडा नं. २ को सभाहलमा आयोजना गरिएको थियो। तालिममार्फत सहभागीलाई उद्यमशीलता विकास, व्यवसाय सञ्चालनका आधारभूत सीप, व्यवसाय योजना निर्माण तथा स्वरोजगार सिर्जनासम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
तालिम समापन कार्यक्रम वडा नं. २ का वडाध्यक्ष यमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने उपाध्यक्ष ललिता अधिकारीको विशेष उपस्थिति रहेको थियो। साथै वडा नं. ४ र वडा नं. ७ का वडाध्यक्षहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
गाउँपालिकाले तालिमबाट प्राप्त ज्ञान र सीपले स्थानीय स्तरमा नयाँ उद्यमी उत्पादन गर्न, स्वरोजगारका अवसर विस्तार गर्न तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि उद्यमशीलता प्रवर्द्धन तथा आयआर्जन वृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी