भिमसेनथापा गाउँपालिकाले सार्वजनिक स्थानमा जथाभावी नकुहिने फोहोर फाल्ने कार्यलाई नियन्त्रण गर्न कडा व्यवस्था लागू गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै तोकिएको संकलन केन्द्रबाहेक अन्य स्थानमा नकुहिने फोहोर फालेको पाइएमा चार हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ।
मंगलबारदेखि लागू भएको व्यवस्था अनुसार सडक, सार्वजनिक स्थल तथा तोकिएको संकलन केन्द्रबाहिर नकुहिने फोहोर विसर्जन गर्नेलाई कारबाही गरिनेछ। गाउँपालिकाले पालिकाभित्र नकुहिने फोहोर संकलन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै मासिक रूपमा फोहोर संकलन गर्ने दिन, समय र रुटसमेत निर्धारण गरेको छ।
गाउँपालिकाले धातु, प्लास्टिक, रबर तथा कागजजस्ता संवेदनशील फोहोर र काँच, सिसा, टिन, किलाकाँटी, ब्लेड तथा अन्य धारिला वस्तुजस्ता अतिसंवेदनशील फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सरसफाइ गाडीमा बुझाउन नागरिकलाई आग्रह गरेको छ।
नकुहिने फोहोरको अव्यवस्थित व्यवस्थापनले माटोको उर्वराशक्ति घट्ने, पानीका स्रोत प्रदूषित हुने तथा फोहोर जलाउँदा वातावरण, मानव स्वास्थ्य र पशुपक्षीमा नकारात्मक असर पर्ने भएकाले वातावरण संरक्षण र स्वच्छ गाउँपालिका निर्माणका लागि यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी