तनहुँ । त्रिशूली नदीमाथि दुई स्थानमा झोलुङ्गे पुल निर्माणका लागि बागमती प्रदेश सरकारले रु. १ करोड बजेट विनियोजन गरेको छ।
आँबुखैरेनी गाउँपालिकाका अनुसार आँबुखैरेनी गाउँपालिका–५ स्थित पञ्चकन्या मन्दिर (तनहुँ) र भरतपुर महानगरपालिका–२९ (चितवन) जोड्ने झोलुङ्गे पुल निर्माणका लागि रु. ५० लाख बजेट छुट्याइएको छ। त्यस्तै आँबुखैरेनी गाउँपालिका–४ को पूर्वबेशी (तनहुँ) र इच्छाकामना गाउँपालिका (चितवन) जोड्ने अर्को झोलुङ्गे पुल निर्माणका लागि पनि रु. ५० लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार दुवै पुल निर्माण सम्पन्न भएपछि तनहुँ र चितवनबीचको आवतजावत थप सहज हुने, स्थानीय बासिन्दाको सेवा तथा बजार पहुँच विस्तार हुने र आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले पुल निर्माणका लागि बजेट विनियोजन गर्न आफ्नो प्रस्तावलाई प्राथमिकता दिएको भन्दै बागमती प्रदेश सरकारप्रति आभार व्यक्त गरेको छ। साथै, भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री डा. दिनेशचन्द्र देवकोटा तथा मन्त्रालयका प्रदेश सचिव सु. ई. ईश्वरचन्द्र मरहठ्ठाप्रति विशेष धन्यवाद ज्ञापन गरेको जनाएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा २५ खेलाडी सम्मानित, नगदसहित खेल सामग्री प्रदान
-
फेसियल हाउसको १२औँ शाखा सितापाइलामा सञ्चालनमा