गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र अन्तिम भुक्तानी प्रक्रियालाई समयमै सम्पन्न गर्न सार्वजनिक बिदाका दिनसमेत गाउँ कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार असार २० र २१ गते सार्वजनिक बिदा रहे पनि गाउँ कार्यपालिकाको कार्यालय नियमित रूपमा सञ्चालनमा रहनेछ। उक्त अवधिमा योजना तथा कार्यक्रम कार्यान्वयनमा संलग्न उपभोक्ता समिति, निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा अन्य सरोकारवालालाई आवश्यक सेवा उपलब्ध गराइने जनाइएको छ।
गाउँपालिकाले अन्तिम भुक्तानीका लागि बिल, भरपाई तथा आवश्यक कागजात पेश गर्न बाँकी रहेका सबै उपभोक्ता समिति, निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा सम्बन्धित सरोकारवालालाई असार २१ गतेभित्र अनिवार्य रूपमा सम्पूर्ण कागजात पेश गर्न आग्रह गरेको छ।
सूचनामा आर्थिक वर्षको अन्तिम समयमा सर्भरमा अत्यधिक चाप पर्न सक्ने, प्रणाली अवरुद्ध हुन सक्ने तथा भौचर जारी गर्न समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी आवश्यक कागजात समयमै पेश गर्न अनुरोध गरिएको छ। अन्यथा, प्राविधिक कारणले भुक्तानी प्रक्रिया प्रभावित भए त्यसको जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले वहन गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले सेवाग्राहीको सुविधा, योजना तथा कार्यक्रमको समयमै फर्छ्योट र आर्थिक वर्षको अन्तिम कार्यचापलाई व्यवस्थित गर्न सार्वजनिक बिदाका दिनसमेत कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा २५ खेलाडी सम्मानित, नगदसहित खेल सामग्री प्रदान
-
फेसियल हाउसको १२औँ शाखा सितापाइलामा सञ्चालनमा