logo

शनिबार, असार २० २०८३

kantipurpationlinetv

२०८३ असार २० शनिबार

आरुघाट गाउँपालिकाले सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्ने

आरुघाट गाउँपालिकाले सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्ने


  • शुक्रबार, असार १९ २०८३
  • 1.8K
    SHARES

    गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत स्वीकृत बजेट तथा कार्यक्रमको भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न सार्वजनिक बिदाका दिन पनि गाउँ कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने भएको छ।

    गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार असार २० र २१ गते सार्वजनिक बिदा रहे पनि गाउँपालिकाको कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित रूपमा सञ्चालन हुनेछ। आर्थिक वर्षको अन्त्यसँगै भुक्तानी प्रक्रियालाई सहज, व्यवस्थित र समयमै सम्पन्न गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाले अन्तिम भुक्तानीका लागि बिल, भरपाई तथा आवश्यक कागजात पेश गर्न बाँकी रहेका उपभोक्ता समिति, निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा अन्य सरोकारवालालाई असार २२ गतेभित्र अनिवार्य रूपमा सम्पूर्ण कागजात पेश गर्न आग्रह गरेको छ।

    तोकिएको समयभित्र आवश्यक कागजात रितपूर्वक पेश नगरेर आर्थिक वर्षको अन्तिम समयमा प्रणालीमा अत्यधिक चापका कारण भुक्तानी प्रक्रिया प्रभावित भए वा भुक्तानी हुन नसके त्यसको जिम्मेवारी कार्यालयको नहुने सूचनामा उल्लेख गरिएको छ।

    साथै सार्वजनिक बिदाका दिन पनि सम्पूर्ण शाखाका कर्मचारीलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित सेवा प्रवाह गर्न निर्देशन दिइएको छ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठका अनुसार आर्थिक वर्षको अन्त्यमा हुने कार्यचाप व्यवस्थापन गर्दै योजना तथा कार्यक्रमको भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न सार्वजनिक बिदाका दिनसमेत कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech