गोरखा । प्रदेश अस्पताल गोरखाको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी डा. शम्भु अधिकारीलाई दिइएको छ ।
कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका रूपमा कार्यरत डा. अधिकारीले आइतबारदेखि निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि निमित्त मेसुको जिम्मेवारीमा रहेका डा. सिदार्थ खनाल अध्ययनका लागि जिल्ला बाहिर रहनुपर्ने भएपछि अस्पतालले डा. अधिकारीलाई उक्त जिम्मेवारी दिएको जनाएको छ ।
डा. अधिकारी विगत तीन वर्षदेखि प्रदेश अस्पताल गोरखामा कार्यरत छन् । उनी गोरखाको सिरानचोक गाउँपालिका–छोप्राकका स्थायी बासिन्दा हुन् ।
अस्पतालको प्रशासनिक तथा स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने जिम्मेवारीसहित डा. अधिकारीले पदभार ग्रहण गरेका छन् ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी