logo

आइतबार, साउन १७ २०८३

kantipurpationlinetv

२०८३ साउन १७ आइतबार

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई पुनर्ताजगी तालिम

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई पुनर्ताजगी तालिम


  • सोमबार, जेष्ठ ११ २०८३
  • 0.9K
    SHARES

    गोरखा । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको चारदिने पुनर्ताजगी तालिम सम्पन्न गरेको छ।

    जेठ ८ देखि ११ गतेसम्म सञ्चालन भएको तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गरी समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा सहजीकरण गरिएको कार्यालयले जनाएको छ।

    तालिममा प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम, मातृ तथा शिशु स्वास्थ्य, नियमित खोप, पोषण, परिवार नियोजन तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिमा स्वयंसेविकाको भूमिकालगायत विषयमा पुनर्ताजगी प्रदान गरिएको थियो।

    कार्यक्रमलाई प्रभावकारी, उपलब्धिमूलक र सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा बारपाक सुलिकोट गाउँपालिकाकी उपाध्यक्ष सन माया गुरुङप्रति प्रदेश जनस्वास्थ्य कार्यालयले आभार व्यक्त गरेको छ।

    कार्यालयले समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तार, स्वास्थ्य प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको निरन्तर योगदानको प्रशंसा गरेको छ। साथै, यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले समुदायस्तरको स्वास्थ्य सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page