logo

शनिबार, असार २० २०८३

kantipurpationlinetv

२०८३ असार २० शनिबार

ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न

ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न


  • शनिबार, असार २० २०८३
  • 5.3K
    SHARES

    गोरखा: नेपाल राज्य एकीकरणको उद्गमस्थल लिगलिगकोटमा आयोजना हुने ऐतिहासिक एवं प्रजातान्त्रिक अभ्यास ‘दौडेर राजा हुने लिगलिगे दौड’ को प्रारम्भिक स्थल (Starting Point) तथा ऐतिहासिक एवं धार्मिक महत्व बोकेको चेपे–मर्स्याङ्दी दोभान क्षेत्र तथा मन्दिर परिसरमा आज सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

    लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मान बहादुर आले मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    कार्यक्रम लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा, पालुङटार नगरपालिका, नगर कार्यपालिका कार्यालयको सहयोग तथा वडा नं. ५ कार्यालय, इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, दोभान टोल विकास संस्था, दोभान महिला समूह र चेपे आदर्श युवा क्लबको सहकार्यमा सञ्चालन गरिएको हो।

    ऐतिहासिक सम्पदाको संरक्षण, वातावरणीय स्वच्छता तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय दोभानवासी, व्यवसायी, संघका पदाधिकारी एवं सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर परिसर तथा दोभान क्षेत्रको सरसफाई गर्नुका साथै वृक्षारोपण गरी वातावरण संरक्षणमा योगदान दिएका छन्।

    कार्यक्रमको सफल आयोजनाका लागि सहयोग पुर्‍याउनुहुने पालुङटार नगरपालिका, वडा कार्यालय, सुरक्षा निकाय, सहकार्य गर्ने संघसंस्था, स्थानीय दोभानवासी, व्यवसायी तथा सम्पूर्ण सहभागीहरूप्रति लिगलिग पालुङटार उद्योग वाणिज्य संघ हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

    ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस क्षेत्रको संरक्षण, प्रवर्द्धन र वातावरणीय सचेतनाका यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने विश्वास संघले व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech