logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

गोकर्णेश्वर नगरपालिकाले ल्यायो २ अर्ब ८ करोड ५० लाख रुपैयाँभन्दा बढीको बजेट

गोकर्णेश्वर नगरपालिकाले ल्यायो २ अर्ब ८ करोड ५० लाख रुपैयाँभन्दा बढीको बजेट


  • बुधबार, असार १० २०८३
  • 1.9K
    SHARES

    असार १०, काठमाडौं — गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. २ अर्ब ८ करोड ५० लाख ५२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ।

    नगरपालिकाको १७औँ नगरसभा बैठकमा नगर प्रमुख तथा नगरसभा अध्यक्ष दीपक कुमार रिसालले आगामी आर्थिक वर्षका लागि रु. २,०८,५०,५२,००० (दुई अर्ब आठ करोड पचास लाख बाउन्न हजार रुपैयाँ) बराबरको बजेट प्रस्तुत गरेका हुन्।

    नगर प्रमुख रिसालले प्रस्तुत गरेको बजेटमा नगरको समग्र विकासलाई केन्द्रमा राख्दै पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको बताए।

    नगरपालिकाले आगामी आर्थिक वर्षमा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै दिगो विकासका लक्ष्य अनुरूप स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ।

    नगरसभामा उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत एमलाल गौली, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    नगरपालिकाका अनुसार बजेटले स्थानीय पूर्वाधार विकासलाई तीव्रता दिनुका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि प्रवर्द्धन, महिला तथा बालबालिका विकास, युवा तथा खेलकुद, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणलगायतका क्षेत्रलाई समेटेको छ।

    नगरसभामा प्रस्तुत बजेटमाथि छलफल गरी प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनसहित स्वीकृत गरिने र आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने नगरपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page