logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

गोकर्णेश्वर नगरपालिकाको ‘मिसन रोजगारी’ अभियानअन्तर्गत विद्युतीय सवारी मर्मत तालिम सम्पन्न

गोकर्णेश्वर नगरपालिकाको ‘मिसन रोजगारी’ अभियानअन्तर्गत विद्युतीय सवारी मर्मत तालिम सम्पन्न


  • शुक्रबार, चैत्र २० २०८२
  • 1K
    SHARES

    काठमाडौं — गोकर्णेश्वर नगरपालिकाले ‘मिसन रोजगारी’ अभियानअन्तर्गत युवालाई सीपमूलक तालिम प्रदान गर्दै स्वरोजगार तथा रोजगारीका अवसरसँग जोड्ने कार्यक्रमलाई निरन्तरता दिएको छ।

    नगरपालिकाको सहयोगमा शंखरापुर बहुप्राविधिक शिक्षालय मा सञ्चालन गरिएको ६५ दिने (३९० घण्टा) विद्युतीय सवारी मर्मत तालिम सम्पन्न भएको छ। तालिममा गोकर्णेश्वर नगरपालिकाका ३० जना युवाको सहभागिता रहेको थियो।

    शुक्रबार आयोजित समापन कार्यक्रममा नगर प्रमुख दीपक कुमार रिसालले बजारको आवश्यकता र मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै नगरपालिकाले ‘मिसन रोजगारी’ अभियानमार्फत सीप नभएका युवालाई व्यावसायिक तालिम प्रदान गरी स्वरोजगार तथा रोजगारीका अवसरसँग जोड्न सहजीकरण गर्दै आएको बताए।

    उनले बजारमा उच्च माग भएका क्षेत्रमा व्यावहारिक सीप प्रदान गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न प्रविधिमैत्री तथा सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिए।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले सीप हासिल गरेपछि युवाले स्वरोजगार, आन्तरिक रोजगारी तथा सुरक्षित वैदेशिक रोजगारीका अवसर प्राप्त गर्न सक्ने भएकाले नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताए।

    शंखरापुर बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदीपराज बसौलाले तालिम प्राप्त युवालाई सहकारी भावनामा आधारित भएर विद्युतीय सवारी मर्मत केन्द्र (वर्कसप) सञ्चालन गरी उद्यमशीलतातर्फ अघि बढ्न सुझाव दिए।

    नगरपालिकाले ‘एक घर, एक रोजगारी’ अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले समयानुकूल तथा प्रविधिमैत्री सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमको समापनमा सहभागी युवालाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page