logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

गोकर्णेश्वर नगरपालिकाद्वारा एसईईमा ४ जीपीए प्राप्त विद्यार्थीका लागि छात्रवृत्ति आवेदन आह्वान

गोकर्णेश्वर नगरपालिकाद्वारा एसईईमा ४ जीपीए प्राप्त विद्यार्थीका लागि छात्रवृत्ति आवेदन आह्वान


  • बुधबार, जेष्ठ ६ २०८३
  • 0.8K
    SHARES

    काठमाडौं — गोकर्णेश्वर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपीए प्राप्त गरेका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममा आवेदन आह्वान गरेको छ।

    नगरपालिकाले बुधबार सूचना जारी गर्दै गोकर्णेश्वर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने तथा नगरपालिका बाहिरका विद्यालयबाट एसईई २०८२ मा ४ जीपीए प्राप्त गरेका इच्छुक विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेको हो।

    नगरपालिकाका अनुसार छात्रवृत्ति कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले तोकिएका आवश्यक कागजातसहित जेठ ७ गते कार्यालय समयभित्र नगरपालिकामा आवेदन पेस गर्नुपर्नेछ।

    नगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page