logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

कृषि विकास कार्यालय, गोरखाद्वारा उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन आह्वान

कृषि विकास कार्यालय, गोरखाद्वारा उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन आह्वान


  • मंगलबार, पुष २१ २०८२
  • 1.3K
    SHARES

    गोरखा। कृषि विकास कार्यालय, गोरखाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन आह्वान गरेको छ।

    कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार उत्कृष्ट कृषि पुरस्कार सम्बन्धी मापदण्ड, २०७९ बमोजिम योग्यता पुगेका गोरखा जिल्लाभित्रका कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषि समूह तथा सहकारी संस्थाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अर्थात् २०८२ माघ २२ गतेसम्म आवश्यक कागजातसहित कार्यालयमा आवेदन पेश गर्न सक्नेछन्।

    आवेदनका लागि रु. १० को हुलाक टिकट टाँस गरिएको अनुसूची–२ बमोजिमको निवेदन, अनुसूची–३ (क) र ३ (ख) बमोजिमको विवरण पेश गर्नुपर्नेछ। कृषि फर्म, कम्पनी, समूह, समिति वा सहकारी संस्थाको हकमा दर्ता तथा नवीकरण सम्बन्धी कागजात, कर चुक्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्रको प्रतिलिपि तथा व्यक्तिगत कृषकको हकमा नागरिकताको प्रमाणपत्र र स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कार्यालयले जनाएको छ।

    कृषि विकास कार्यालय, गोरखाका अनुसार कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने कृषक तथा कृषि उद्यमीलाई प्रोत्साहन, सम्मान तथा व्यावसायिक कृषि विकासमा टेवा पुर्‍याउने उद्देश्यले उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गरिएको हो। कार्यालयले योग्यता पुगेका सबै कृषक, कृषि फर्म, कम्पनी, समूह तथा सहकारी संस्थालाई निर्धारित समयभित्र आवेदन पेश गर्न आग्रह गरेको छ।

    उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम तथा आवेदन प्रक्रियासम्बन्धी थप जानकारीका लागि कृषि विकास कार्यालय, गोरखा वा कार्यालय प्रमुख तथा सूचना अधिकारीसँग सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page