गोरखा। कृषि विकास कार्यालय, गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी तथा प्राविधिक डम्बर के.सी.ले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत तारानगर साना सहकारी संस्थाका सदस्य कृषकहरूले लगाएको आलुबालीको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उक्त क्षेत्रमा एम.एस.–४२ (MS-42) जातको आलु व्यावसायिक रूपमा खेती भइरहेको पाइएको थियो। कृषकहरूले उत्पादन भएको आलुको बजारीकरणमा कुनै समस्या नरहेको तथा कार्यालयबाट प्राप्त प्राविधिक सहयोगका कारण आलु खेतीको क्षेत्र विस्तारमा उल्लेखनीय सहयोग पुगेको बताएका थिए।
स्थलगत निरीक्षणका क्रममा केही स्थानमा येलो मोजाइक भाइरस (Yellow Mosaic Virus) को समस्या देखिएको पाइएको छ। सो समस्याको न्यूनीकरणका लागि गुणस्तरीय तथा रोगमुक्त बीउको प्रयोग, बीउ व्यवस्थापनमा विशेष ध्यान दिन तथा आवश्यक प्राविधिक व्यवस्थापन अपनाउन कृषकहरूलाई सुझाव दिइएको थियो।
कृषि विकास कार्यालय, गोरखाले आलु उत्पादन वृद्धि, रोग व्यवस्थापन तथा व्यावसायिक आलु खेतीको प्रवर्द्धनका लागि आवश्यक प्राविधिक सहयोग तथा अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण