लमजुङ। संविधान दिवस २०८२ को अवसरमा बेसीशहर नगरपालिकाले आदर्श महिला तथा बाल विकास केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न, शैक्षिक सामग्री तथा फलफूल वितरण गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा नगरप्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ तथा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले केन्द्रका उपाध्यक्ष धनु पियालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा, संरक्षण र सामाजिक सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले बालबालिकालाई लगनशीलतापूर्वक अध्ययन गरी असल, जिम्मेवार तथा सक्षम नागरिकका रूपमा स्थापित हुन प्रेरित गर्दै यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई नगरपालिका आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं. १० का अध्यक्ष गंगाबहादुर थापा, नगरपालिका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, आर्थिक प्रशासन शाखा प्रमुख सिर्जना पौडेल, योजना शाखा प्रमुख शम्भुप्रसाद घिमिरे, प्रशासन शाखा प्रमुख दिपेश अधिकारी, सामाजिक सुरक्षा शाखा प्रमुख सुनिल घिमिरे लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
बेसीशहर नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्नुका साथै बालबालिकाको शिक्षा, पोषण र समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण