logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

गणतन्त्र दिवसमा बेसीशहर नगरपालिकाद्वारा बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण

गणतन्त्र दिवसमा बेसीशहर नगरपालिकाद्वारा बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण


  • बिहिबार, जेष्ठ १४ २०८३
  • 0.9K
    SHARES

    लमजुङ। गणतन्त्र दिवस २०८३ को अवसरमा बेसीशहर नगरपालिकाले वडा नं. २ स्थित आदर्श महिला तथा बालबालिका केन्द्रमा आश्रित बालबालिकालाई स्टेशनरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

    मिति २०८३/०२/१४ गते आयोजित कार्यक्रममा नगर उपप्रमुख पद्मा गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    त्यसैगरी नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहरा, महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा गुरुङ, कम्प्युटर अपरेटर रेशम घिमिरे तथा केन्द्रका सचिव हुमार गुरुङसमेत कार्यक्रममा सहभागी थिए।

    हाल उक्त केन्द्रमा ९ जना बालबालिका आश्रित रूपमा बसोबास गर्दै आएका छन्। नगरपालिकाले यस्ता सामाजिक तथा सहयोगमूलक कार्यक्रममार्फत लक्षित वर्गको संरक्षण, शिक्षा तथा समग्र कल्याणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page