तनहुँ। आँबुखैरेनी गाउँपालिका न्यायिक समितिको आयोजनामा विद्यार्थीहरूलाई लक्षित गरी न्यायिक समिति सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८३ साल असार ११ गते रामशाह माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दुर्गा अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रहरी निरीक्षक प्रदीप सुवेदी, प्रशासकीय अधिकृत शर्मिला अधिकारी, शिक्षा अधिकृत निर्मला कुँवर तथा न्यायिक सहजकर्ता कामना ज्ञवालीले विद्यार्थीहरूलाई न्यायिक समितिको भूमिका, स्थानीय विवाद समाधान प्रक्रिया, कानुनी सचेतना तथा व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूलाई स्थानीय तहमा न्यायिक समितिको कार्यप्रणाली, विवाद समाधानका वैकल्पिक उपाय तथा नागरिक अधिकार र कर्तव्यबारे जानकारी दिइएको थियो।
आँबुखैरेनी गाउँपालिकाले स्थानीय तहको न्यायिक प्रणालीलाई प्रभावकारी बनाउँदै युवा पुस्तामा कानुनी सचेतना विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने