तनहुँ। बन्दीपुर गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका’ घोषणा गरिएको छ।
गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्र प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
बन्दीपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न घोषणा कार्यक्रममा आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीलगायतले पूर्ण खोप सुनिश्चितता बालबालिकाको स्वास्थ्य, सुरक्षा र उज्ज्वल भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको दिगोपना कायम राख्नु सबैको साझा दायित्व भएको बताउनुभयो।
उहाँहरूले गाउँपालिकाभित्र खोप सेवाको पहुँचलाई निरन्तर सुनिश्चित गर्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दीर्घकालसम्म कायम राख्न सबै सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने जनाइएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी