logo

सोमबार, असार २२ २०८३

kantipurpationlinetv

२०८३ असार २२ सोमबार

बन्दीपुरमा मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी सञ्चार कार्यक्रम सम्पन्न

बन्दीपुरमा मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी सञ्चार कार्यक्रम सम्पन्न


  • शनिबार, असार २० २०८३
  • 0.9K
    SHARES

    तनहुँ । बन्दीपुर गाउँपालिका को आयोजनामा ‘मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि बैठक, अनुगमन तथा न्यूनीकरणसम्बन्धी सञ्चार कार्यक्रम’ सम्पन्न भएको छ।

    मदिराजन्य तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्दै स्वस्थ, सुरक्षित र जिम्मेवार समाज निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय, प्रभावकारी अनुगमन, कानुनी कार्यान्वयन तथा जनचेतना अभिवृद्धिका विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको गाउँपालिकाले जनाएको छ।

    कार्यक्रममा सहभागीहरूले मदिराजन्य तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले जनस्वास्थ्य, सामाजिक सद्भाव तथा आर्थिक अवस्थामा पार्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा समुदायबीच समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। साथै नियमन र अनुगमनलाई थप प्रभावकारी बनाउँदै जनचेतनामूलक अभियानलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

    गाउँपालिकाले सार्वजनिक स्वास्थ्य प्रवर्द्धन तथा सामाजिक विकृति न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै मदिराजन्य तथा सुर्तीजन्य पदार्थको नियमन, नियन्त्रण तथा प्रभावकारी कार्यान्वयनमा आवश्यक पहल गरिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech