तनहुँ। बन्दीपुर गाउँपालिकाको आयोजनामा पवित्रा माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव–२०८३ सम्पन्न भएको छ।
सिर्जनशीलता, नवप्रवर्तन र व्यवहारिक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूले निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शन गरेका थिए। प्रदर्शनीमा विद्यार्थीहरूको प्रतिभा, शिक्षकहरूको सिर्जनशील प्रयास तथा नवीन शिक्षण–सिकाइ अभ्यासलाई प्रस्तुत गरिएको थियो।
बन्दीपुर गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले विद्यालयहरूले प्रस्तुत गरेका शैक्षिक सामग्री, विद्यार्थीहरूको सक्रिय सहभागिता तथा शिक्षकहरूको सिर्जनात्मक प्रयासले गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, अनुसन्धानमुखी सोच, समस्या समाधान गर्ने क्षमता तथा व्यवहारिक सिकाइको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
महोत्सवमा उत्कृष्ट शैक्षिक सामग्री प्रदर्शन गर्ने विद्यालय तथा सहभागीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। गाउँपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धि, नवप्रवर्तनशील शिक्षण अभ्यासको प्रवर्द्धन तथा विद्यार्थीको समग्र क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी