लमजुङ। क्व्होलासोंथार गाउँपालिकाको पशु सेवा शाखाले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नं. ३ बगुममा भेडा–बाख्रा पालन सम्बन्धी एकदिने स्थलगत तालिम सम्पन्न गरेको छ।
वडा नं. ३ का वडाध्यक्ष आसबिर गुरुङको अध्यक्षतामा सम्पन्न तालिममा वडाका विभिन्न गाउँका २८ जना भेडा–बाख्रा पालक कृषकको सहभागिता रहेको थियो।
तालिममा गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. अनुप गुरुङले भेडा–बाख्रा पालन व्यवस्थापन, पोषण, रोगको रोकथाम तथा नियन्त्रण, गोठ व्यवस्थापन, उत्पादन वृद्धि र व्यवसायिक पशुपालनका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो।
गाउँपालिकाका अनुसार पशुपालन क्षेत्रलाई व्यवसायिक, उत्पादनमुखी र आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले कृषकको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ।
पशु सेवा शाखाले कृषकलाई आवश्यक प्राविधिक ज्ञान तथा व्यवहारिक सीप उपलब्ध गराउँदै पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्ता क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी