टोखा, साउन १८। टोखा नगरपालिका–५ मा करिब ४० वर्षदेखि अतिक्रमणमा रहेको करिब १० रोपनी सार्वजनिक जग्गा आइतबार नगरपालिकाले डोजर प्रयोग गरी खाली गराएको छ।
नगरपालिकाले पटक–पटक सूचना तथा निर्देशन जारी गर्दा पनि अतिक्रमण हटाइएको थिएन। सम्बन्धित पक्षले नगरपालिकाविरुद्ध अदालतमा मुद्दा दायर गरेको भए पनि फैसला नगरपालिकाको पक्षमा आएपछि समेत अतिक्रमण नहटाएकाले कानुनी प्रक्रिया पूरा गरी जग्गा खाली गराइएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख प्रकाश अधिकारीले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको अभियान निरन्तर सञ्चालन गरिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सम्बन्धित पक्षलाई पटक–पटक जानकारी तथा समय दिँदा पनि अटेर गरेपछि कानुनबमोजिम जग्गा खाली गराउनुपरेको जानकारी दिनुभयो।
जग्गा खाली गराउने कार्यमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
लामो समयदेखि सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आएका स्थानीयवासीले नगरपालिकाको कदमको स्वागत गरेका छन्।
नगरपालिकाका अनुसार खाली गराइएको उक्त सार्वजनिक जग्गामा स्थानीय समुदायको हितलाई मध्यनजर गर्दै खेलकुद मैदान निर्माण गर्ने योजना रहेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण