काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा तथा अन्य अस्थायी संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसअन्तर्गत धापासी–ग्रीनल्याण्ड क्षेत्रमा डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउने कार्य सुरु गरिएको हो।
नगरपालिकाले यसअघि १५ दिने सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित पक्षलाई स्वयं अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो। तोकिएको अवधिमा पनि अतिक्रमण नहटाइएपछि कानुनी प्रक्रियाअनुसार डोजर प्रयोग गरी संरचना हटाइएको जनाएको छ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई स्थलगत रूपमा उपस्थित भई सडक छेउ तथा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा, कम्पाउन्डलगायतका संरचना हटाउने कार्यको अनुगमन गर्नुभएको थियो।
भट्टराईले नगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने अभियानअन्तर्गत सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो। विकास निर्माण, सडक विस्तार तथा नागरिकको सहज आवागमनमा अवरोध पुग्ने गरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो।
नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै कानुनको पालना गर्न र सार्वजनिक जग्गा अतिक्रमण नगर्न सबैमा आग्रह गरेको छ। साथै, नगरलाई थप व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण