logo

शुक्रबार, साउन १५ २०८३

kantipurpationlinetv

२०८३ साउन १५ शुक्रबार

टोखा नगरपालिकाद्वारा सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमण हटाउन सूचना जारी

टोखा नगरपालिकाद्वारा सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमण हटाउन सूचना जारी


  • बिहिबार, बैशाख १७ २०८३
  • 84
    SHARES

    काठमाडौं । टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने नदी किनार, सार्वजनिक तथा सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

    नगरपालिकाले जारी गरेको सूचनाअनुसार नदी करिडोर, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा, टहरा, कम्पाउन्ड तथा अन्य भौतिक संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित पक्षले स्वयं हटाउनुपर्ने उल्लेख गरिएको छ।

    नगरपालिकाले सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण, सहरी व्यवस्थापन, वातावरण संरक्षण तथा नागरिकको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको जनाएको छ।

    तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिकाले आफैं हटाउने तथा त्यसबाट लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा पक्षबाट असुल गरिने सूचनामा उल्लेख छ।

    नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न तथा कानुनको पालना गर्न सबै नागरिकसँग अनुरोध गर्दै व्यवस्थित, सुरक्षित र सुन्दर नगर निर्माणमा सहकार्य गर्न आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page