logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

टोखा नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

टोखा नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न


  • शुक्रबार, मंसिर १२ २०८२
  • 1.3K
    SHARES

    काठमाडौं । टोखा नगरपालिकाले ‘जनताको अदालत–जनताको दिन’ भन्ने अवधारणासहित चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, जनप्रतिनिधि, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले नगरपालिकाले सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा सुशासनसम्बन्धी कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले सार्वजनिक जग्गा संरक्षण, पूर्वाधार विकास, सडक तथा खानेपानी आयोजनाको कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो।

    नगरपालिकाले सार्वजनिक सेवा प्रवाहप्रति नागरिकको सन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक सुधारका कार्यलाई निरन्तरता दिइने जनाएको छ।

    सार्वजनिक सुनुवाइका क्रममा सहभागी नागरिकहरूले विकास निर्माण, वातावरण संरक्षण, खानेपानी, ढल व्यवस्थापन तथा सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। नगरप्रमुख अधिकारीले उठाइएका विषयमा आवश्यक पहल गरी समाधानका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

    प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले डिजिटल सेवा विस्तार, मेट्रिक ठेगाना प्रणाली, विद्युतीय भवन अनुमति प्रणाली (ईबीपीएस), डिजिटल कर भुक्तानी तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजनाबारे जानकारी दिनुभयो।

    नगरपालिकाले सार्वजनिक सुनुवाइलाई नागरिक र स्थानीय सरकारबीचको उत्तरदायित्व, पारदर्शिता तथा सहभागितामूलक सुशासन सुदृढ गर्ने प्रभावकारी माध्यमका रूपमा निरन्तर सञ्चालन गरिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page