logo

मंगलबार, असार २३ २०८३

kantipurpationlinetv

२०८३ असार २३ मंगलबार

बन्दीपुर केबलकारको टिकट सेवा शुल्क संशोधन, साउन १ देखि लागू

बन्दीपुर केबलकारको टिकट सेवा शुल्क संशोधन, साउन १ देखि लागू


  • मंगलबार, असार २३ २०८३
  • 3.6K
    SHARES

    काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले केबलकार सेवा तथा यसअन्तर्गत सञ्चालन हुने साहसिक (एडभेन्चर) गतिविधिको टिकट सेवा शुल्क संशोधन गरेको छ। कम्पनीको सञ्चालक समितिको २०८२ असार १९ गते बसेको बैठकको निर्णयअनुसार संशोधित शुल्क २०८२ साउन १ गतेदेखि लागू हुने भएको हो।

    कम्पनीका अनुसार सेवा गुणस्तरमा निरन्तर सुधार, पर्यटकमैत्री सेवा विस्तार तथा आगामी आर्थिक वर्षको सञ्चालन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउने उद्देश्यले केबलकार तथा साहसिक गतिविधिको टिकट सेवा शुल्क पुनरावलोकन गरी संशोधन गरिएको हो।

    संशोधित शुल्कअनुसार नेपाली नागरिकका लागि केबलकार टिकट रु. ६०० कायम गरिएको छ। यसअघि उक्त शुल्क रु. ५०० थियो। यस्तै, सार्क राष्ट्रका नागरिकका लागि टिकट शुल्क रु. ८५०, अन्य विदेशी नागरिकका लागि रु. १,००० तथा विद्यार्थीका लागि रु. ४०० निर्धारण गरिएको कम्पनीले जनाएको छ।

    त्यसैगरी, स्काई साइकलिङ तथा जिपलाइन गतिविधिको टिकट शुल्क रु. ५०० कायम गरिएको छ। यसअघि उक्त शुल्क रु. ३५० थियो।

    कम्पनीले संशोधित शुल्क आर्थिक वर्ष २०८२/८३ को सुरुवातदेखि लागू हुने जनाएको छ। साथै नयाँ शुल्कअनुसार सेवा लिन तथा आवश्यक समन्वय गर्न सम्पूर्ण सेवाग्राही, पर्यटक र सम्बन्धित सरोकारवालासँग अनुरोध गरेको छ।

    कम्पनीले सेवाग्राही तथा पर्यटकबाट प्राप्त निरन्तर विश्वास, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय तथा पर्यटकमैत्री सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech