गोरखा । डिभिजन वन कार्यालय गोरखा उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएको छ।
आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट वित्तीय प्रगति, वन अतिक्रमण नियन्त्रण, बेरुजु फर्छ्यौट तथा नवीनतम कार्यसम्पादनका आधारमा गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय र वन निर्देशनालयले कार्यालयलाई ‘प्रशंसा–पत्र’ सहित सम्मान गरेको हो।
वन व्यवस्थापन, वित्तीय अनुशासन तथा सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कन गर्दै मन्त्रालय र निर्देशनालयले डिभिजन वन कार्यालय गोरखालाई सम्मान प्रदान गरेको जनाएको छ।
कार्यालयले प्राप्त सम्मानलाई आगामी दिनमा वन संरक्षण, जैविक विविधताको संरक्षण तथा प्रभावकारी सेवा प्रवाहमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणाका रूपमा लिएको जनाएको छ।

-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना