logo

शनिबार, साउन १६ २०८३

kantipurpationlinetv

२०८३ साउन १६ शनिबार

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन


  • शनिबार, साउन १६ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएको छ।

    पुर्जाले स्थापना गरेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको पुष्टि गरेको हो।

    निर्मल पुर्जा पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा अन्य आरोहीसँगै बेपत्ता भएका थिए। उक्त घटनामा बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए।

    उद्धार तथा खोजी अभियानका क्रममा शुक्रबार चार जनाको शव फेला परेको जनाइएको छ। अन्य बेपत्ता आरोहीहरूको खोजी कार्य भने जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

    पुर्जा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा कम समयमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने नेपाली पर्वतारोहीका रूपमा परिचित थिए। पर्वतारोहण क्षेत्रमा उनले पुर्‍याएको योगदानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान दिलाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page