logo

आइतबार, साउन १७ २०८३

kantipurpationlinetv

२०८३ साउन १७ आइतबार

तराईको तनाव मत्थर पारेर चार दिनपछि काठमाडौं फर्किए गृहमन्त्री सुधन गुरुङ

तराईको तनाव मत्थर पारेर चार दिनपछि काठमाडौं फर्किए गृहमन्त्री सुधन गुरुङ


  • आइतबार, साउन १७ २०८३
  • 63
    SHARES

    काठमाडौं । तराई–मधेशमा पछिल्ला दिनमा देखिएको तनाव मत्थर भएपछि गृहमन्त्री सुधन गुरुङ चार दिनपछि काठमाडौं फर्किएका छन्। प्रभावित जिल्लामा निरन्तर संवाद र समन्वयमा सक्रिय रहेर आन्दोलनरत पक्षसँग सहमतिको वातावरण बनाएपछि उनी आइतबार राजधानी फर्किएका हुन्।

    गत साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि गृहमन्त्री गुरुङ सुनसरी पुगेका थिए। त्यहाँ घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेट गरी सहमति जुटाएपछि उनले सिराहा र धनुषाको समेत भ्रमण गरेका थिए।

    धनुषामा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग दुई चरणमा वार्ता गरेका थिए। वार्ताका क्रममा कुनै लिखित सहमति नभए पनि विभिन्न विषयमा मौखिक समझदारी भएको स्रोतले जनाएको छ। त्यसपछि हिन्दु सम्राट सेनाले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको बताइएको छ।

    गृहमन्त्री गुरुङले काठमाडौं फर्किएपछि वार्ताका क्रममा भएका समझदारीलाई कार्यान्वयनमा लैजान आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर भ्रमणका क्रममा भएका छलफल, सहमति तथा पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराउने तयारी गरेको स्रोतले जनाएको छ।

    सरकारको पहलपछि प्रभावित क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै गएको र सुरक्षा अवस्था पनि सहज हुँदै गएको गृह मन्त्रालय स्रोतले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page