logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

काभ्रेमा सुनकोसी नदीमा हामफालेपछि दम्पती बेपत्ता

काभ्रेमा सुनकोसी नदीमा हामफालेपछि दम्पती बेपत्ता


  • बुधबार, साउन २० २०८३
  • 1.2K
    SHARES

    काभ्रे, २० साउन । काभ्रेपलाञ्चोकमा एक दम्पती सुनकोसी नदीमा हामफालेपछि बेपत्ता भएका छन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार साँझ भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट उनीहरू सुनकोसी नदीमा हामफालेका हुन्।

    बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका–७ निवासी अन्दाजी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली रहेका छन्।

    प्रहरीले दुवै जनाको खोजी कार्य जारी रहेको जनाएको छ।

    प्रारम्भिक जानकारीअनुसार तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरबाट पीडित रहेकी तथा अपाङ्गता रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page