logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

पहिरो पीडित परिवारलाई वडा अध्यक्ष कुँवरद्वारा ५० हजार रुपैयाँ सहयोग

पहिरो पीडित परिवारलाई वडा अध्यक्ष कुँवरद्वारा ५० हजार रुपैयाँ सहयोग


  • बुधबार, साउन २० २०८३
  • 1.5K
    SHARES

    गोरखा, २० साउन । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा पहिरोका कारण तीनतले पक्की घर गुमाएको परिवारलाई वडा अध्यक्ष कुलबहादुर कुँवर (कुमार) ले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

    गत सोमबार अविरल वर्षापछि आएको पहिरोले स्थानीय मानसिंह गुरुङको तीनतले पक्की घर पूर्णरूपमा बगाएको थियो। घर गुमाएपछि विस्थापित बनेको गुरुङ परिवारको तत्कालीन बसोबास व्यवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले आफू र आफ्नो परिवारको तर्फबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको वडा अध्यक्ष कुँवरले बताएका छन्।

    ‘पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै तत्काल बसोबासको व्यवस्थामा केही राहत पुग्ने उद्देश्यले यो सहयोग गर्ने निर्णय गरेका हौं,’ उनले भने, ‘यो रकम आजै हस्तान्तरण गर्नेछु।’

    उनले पहिरोपीडित परिवारको पुनःस्थापना र अस्थायी बसोबास व्यवस्थामा सहयोग गर्न वडा कार्यालयसँगै देश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई समेत अपिल गरेका छन्।

    लगातारको वर्षापछि आएको पहिरोका कारण गुरुङ परिवारको तीनतले पक्की घर बगेपछि उनीहरू विस्थापित भएका छन्। हाल उक्त परिवार गुरुङ समाजको समन्वयमा छिमेकीको घरमा दुईवटा कोठा भाडामा लिएर अस्थायी रूपमा बसोबास गरिरहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page