logo

बुधबार, भाद्र १० २०८३

kantipurpationlinetv

२०८३ भाद्र १० बुधबार

नाटा निर्वाचन २०२६ : गोरखाका जीवन कोइरालाको सह–कोषाध्यक्षमा उम्मेदवारी

नाटा निर्वाचन २०२६ : गोरखाका जीवन कोइरालाको सह–कोषाध्यक्षमा उम्मेदवारी


  • बिहिबार, साउन २८ २०८३
  • 1.7K
    SHARES

    काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को निर्वाचन २०२६–२८ का लागि गोरखाका पर्यटन व्यवसायी जीवन कोइरालाले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

    गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानी निवासी कोइराला विगत २० वर्षदेखि ट्राभल तथा पर्यटन व्यवसाय क्षेत्रमा सक्रिय छन्। उनी ह्याम्लेट टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशकसमेत हुन्। सामाजिक क्षेत्रमा समेत सक्रिय कोइराला सौरपानी समाजका उपाध्यक्ष हुन्।

    कोइराला भरतजंग पाण्डे नेतृत्वको टिमबाट सह–कोषाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका हुन्। उनले आफ्नो लामो व्यावसायिक अनुभवलाई नाटाको संस्थागत विकास तथा पर्यटन व्यवसायीको हितमा उपयोग गर्ने बताएका छन्।

    सह–कोषाध्यक्ष पदमा निर्वाचित भए नाटाको आर्थिक व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र जवाफदेही बनाउने उनको प्रतिबद्धता छ। सदस्यहरूले संस्थाको आर्थिक गतिविधिबारे स्पष्ट जानकारी पाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

    त्यस्तै, ट्राभल व्यवसायीले भोग्दै आएका टिकटिङ, एयरलाइन्स, रिफन्ड, प्रविधि तथा अन्य व्यावसायिक समस्याको समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्नुपर्ने उनको धारणा छ।

    कोइरालाले नाटालाई ठूला व्यवसायीको मात्र नभई नयाँ तथा साना व्यवसायीसमेतको साझा संस्था बनाउनुपर्ने बताएका छन्। सदस्यका समस्या सुन्ने र समाधानका लागि संस्थागत रूपमा पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

    बदलिँदो प्रविधि र पर्यटन बजारअनुसार नाटालाई आधुनिक र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले **‘नयाँ सोच, नयाँ ऊर्जा, सबल नाटा’**को अवधारणा अघि सारेका छन्।

    आफू पदका लागि मात्र नभई व्यवसायीको विश्वास र सेवाका लागि उम्मेदवार बनेको बताउँदै कोइरालाले नाटा सदस्यसँग आफ्नो पक्षमा मतदान गरी सेवा गर्ने अवसर दिन आग्रह गरेका छन्।

    दुई दशक लामो पर्यटन व्यवसायको अनुभव तथा सामाजिक क्षेत्रमा सक्रियतालाई आधार बनाउँदै नाटा निर्वाचनमा सह–कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका कोइरालाको उम्मेदवारीले गोरखाको प्रतिनिधित्वलाई समेत चर्चामा ल्याएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page