logo

बुधबार, भाद्र १० २०८३

kantipurpationlinetv

२०८३ भाद्र १० बुधबार

घुमाउने पुलको निर्माण नयाँ ठेक्कामार्फत अघि बढ्छ : अर्थमन्त्री वाग्ले

घुमाउने पुलको निर्माण नयाँ ठेक्कामार्फत अघि बढ्छ : अर्थमन्त्री वाग्ले


  • बिहिबार, साउन २८ २०८३
  • 1.4K
    SHARES

    तनहुँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तनहुँको आँबुखैरेनी गाउँपालिका–३ र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुलको निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइने बताएका छन्।

    बुधबार आँबुखैरेनी गाउँपालिका–३ मा आयोजित भेटघाट कार्यक्रममा अर्थमन्त्री वाग्लेले यसअघि पुल निर्माणको ठेक्का तोडिसकिएको जानकारी दिँदै अब नयाँ प्रक्रियामार्फत निर्माण कार्य अघि बढ्ने बताए।

    विगतमा सांसद रहँदा समेत घुमाउने पुल निर्माणका विषयमा आफूले निरन्तर चासो राखेको स्मरण गर्दै वाग्लेले संसदमा समेत पटक–पटक यस विषयमा आवाज उठाएको बताए।

    पुल निर्माणमा विभिन्न कारणले ढिलाइ भएको उनको भनाइ छ। कहिले बाढीका कारण पुलमा क्षति पुग्ने र कहिले डिजाइन परिवर्तन गर्नुपर्ने जस्ता कारणले निर्माण प्रक्रिया प्रभावित भएको उनले बताए।

    ‘घुमाउने पुलको ठेक्का तोड्ने काम भइसकेको छ। अब नयाँ ठेक्कामार्फत पुल निर्माणको काम अघि बढ्छ,’ वाग्लेले भने।

    उनले पूर्वाधार विकासमन्त्रीसँग समेत भेटेर घुमाउने पुलको निर्माण कार्य जसरी पनि अघि बढाउन आग्रह गरिसकेको जानकारी दिए।

    विकास निर्माणका कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सरकारले सार्वजनिक खरिदसम्बन्धी कानुनमा समेत आवश्यक सुधारको प्रयास गरिरहेको उनको भनाइ छ।

    ‘खरिद ऐन नै संशोधन गरी विकास निर्माणलाई गुणस्तरीय बनाउन प्रयास गरेका छौँ,’ अर्थमन्त्री वाग्लेले भने।

    कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको समग्र विकासका लागि आवश्यक बजेट विनियोजन गर्न अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराए।

    अध्यक्ष चुमानले पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार तथा पर्यटन प्रवर्द्धनलगायत स्थानीय तहका प्राथमिकताका विषयमा सरकारको ध्यान जानुपर्ने बताए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page