logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, प्रिपेड ग्राहकलाई २० प्रतिशतसम्म क्यासब्याक

एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, प्रिपेड ग्राहकलाई २० प्रतिशतसम्म क्यासब्याक


  • बुधबार, साउन २० २०८३
  • 63
    SHARES

    काठमाडौं । एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गर्दै ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिमकार्ड खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।

    कम्पनीका अनुसार कम्तीमा ५० रुपैयाँ वा सोभन्दा बढी मूल्यको योग्य प्याक सक्रिय गरेपछि ग्राहकले क्यासब्याक प्राप्त गर्न सक्नेछन्। प्याक सक्रिय गरेपछि एसएमएसमार्फत रिवार्डको जानकारी प्राप्त हुनेछ भने क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा गरिनेछ।

    अफरअनुसार ५० देखि ९९ रुपैयाँसम्मको योग्य प्याकमा ५ प्रतिशत, १०० देखि २०० रुपैयाँसम्ममा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्ममा १५ प्रतिशत तथा ५०० रुपैयाँ वा सोभन्दा माथिको प्याकमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

    प्राप्त क्यासब्याक ग्राहकले २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ। दाबी गरिएको रिवार्ड जारी भएको मितिले सात दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ। क्यासब्याक रकम नगदमा साट्न वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन।

    एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्तले अफरमार्फत ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार एनसेल एपको प्रयोग बढाउनुका साथै डिजिटल सेवा तथा साझेदार संस्थाबाट उपलब्ध सुविधामा ग्राहकको पहुँच विस्तार गर्न पनि अफरले सहयोग गर्नेछ।

    एनसेलले एपमार्फत विभिन्न साझेदारबाट उपलब्ध सेवा तथा सुविधासँग ग्राहकलाई जोड्ने रणनीतिअन्तर्गत ‘मनसुन अफर’ ल्याएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page