काठमाडौँ । सामाजिक सञ्जालमार्फत हुने ब्ल्याकमेलिङ तथा साइबर अपराधका घटना बढ्दै गएपछि प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
डिजिटल प्लेटफर्ममा अपरिचित मात्र नभई चिनजानका व्यक्ति वा साथीभाइबाट समेत जोखिम हुन सक्ने भन्दै प्रहरीले अनलाइनमा अन्धविश्वास नगर्न र व्यक्तिगत गोपनीयता सुरक्षित राख्न आग्रह गरेको हो । “विश्वास गर्नुअघि सोच्नुहोस्” भन्ने नारासहित सार्वजनिक गरिएको सचेतना सन्देशमा अनलाइनमा गरिने सानो गल्तीले भविष्यमा ठूला कानुनी तथा सामाजिक समस्या निम्त्याउन सक्ने उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार साइबर सुरक्षाका लागि कसैसँग पनि गोप्य तस्बिर आदानप्रदान नगर्न, च्याटिङका क्रममा अश्लील वा आपत्तिजनक भाषा प्रयोग नगर्न तथा दबाब, लोभ वा भावनात्मक कुरामा पारेर गरिने कुनै पनि अनुरोध अस्वीकार गर्न आग्रह गरिएको छ ।
“Trust Me भनेर गरिएको मेसेज भविष्यमा खतरनाक हुन सक्छ,” भन्दै प्रहरीले सतर्क रहन र सुरक्षित डिजिटल अभ्यास अपनाउन अनुरोध गरेको छ ।
यदि कोही व्यक्ति अनलाइन ब्ल्याकमेलिङ वा साइबर अपराधको शिकार भएमा नजिकको प्रहरी कार्यालयमा तत्काल सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा