काठमाडौँ — विश्वप्रसिद्ध इमेल सेवा जिमेलले आफ्नो सञ्चालनको २२औँ वर्ष प्रवेशको अवसरमा प्रयोगकर्ताका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ।
सन् २००४ अप्रिल १ देखि सेवा सुरु गरेको जिमेलले पहिलो पटक प्रयोगकर्तालाई आफ्नो इमेल ठेगाना (युजरनेम) परिवर्तन गर्ने सुविधा उपलब्ध गराएको हो।
कम्पनीका अनुसार सुरुवाती चरणमा बनाइएको इमेल ठेगानाप्रति असन्तुष्ट प्रयोगकर्ता तथा व्यावसायिक प्रयोजनका लागि नाम परिमार्जन गर्न चाहनेहरूको मागलाई ध्यानमा राख्दै यो सुविधा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले जिमेलको ‘सेटिङ्स’ भित्र रहेको ‘पर्सनल इन्फो’ खण्डमार्फत आफ्नो युजरनेम परिवर्तन गर्न सक्नेछन्। तर, दुरुपयोग रोक्नका लागि वर्षमा एक पटक मात्र परिवर्तन गर्न पाइने सीमा तोकिएको छ।
इमेल ठेगाना परिवर्तन गरेपछि पनि प्रयोगकर्ताका पुराना इमेल, फाइल तथा अन्य डाटा सुरक्षित रहने कम्पनीले जनाएको छ। साथै, पुरानो इमेल ठेगाना वैकल्पिक रूपमा प्रणालीमा रहने भएकाले त्यसमा आएका सन्देशहरू पनि प्राप्त भइरहनेछन्।
यस सुविधासँगै प्रयोगकर्ताले पुरानो र नयाँ दुवै युजरनेम प्रयोग गरी जिमेलका सेवामा लग–इन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा