logo

शुक्रबार, भाद्र २६ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २६ शुक्रबार

शम्शेर पुन र शान्तिश्री परियारको ‘मन पर्ने मान्छे’ सार्वजनिक

शम्शेर पुन र शान्तिश्री परियारको ‘मन पर्ने मान्छे’ सार्वजनिक


  • शनिबार, साउन ३० २०८३
  • 3K
    SHARES

    काठमाडौँ । शम्शेर पुन र शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘मन पर्ने मान्छे’ सार्वजनिक भएको छ । हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले दर्शक तथा स्रोताको ध्यान खिच्न थालेको छ ।

    प्रेमिल जोडीका भावना, मायाप्रेम र सम्बन्धका विविध पक्षलाई गीतमा प्रस्तुत गरिएको छ । तीजको सांस्कृतिक परिवेशसँगै प्रेमका भावनालाई समेटिएको गीतमा शम्शेर पुनकै शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज सन्तोया सुनामले गरेका छन् ।

    गीतको भिडियोमा सुरेश कोइली र गीता ढुंगाना फिचर्ड छन् । भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रकाश भट्टले गरेका हुन् । त्यस्तै, अजय रेग्मीले छायांकन गरेका छन् भने प्रविण भट्टले भिडियोको सम्पादन तथा कलरको काम गरेका छन् ।

    गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ । मौलिक तीजको स्वादसँगै प्रेमिल भावनालाई प्रस्तुत गरिएको **‘मन पर्ने मान्छे’**ले यस वर्षको तीज गीतको सूचीमा आफ्नो स्थान बनाउने अपेक्षा गरिएको छ ।

    निर्माण पक्षले गीत तथा भिडियोले आगामी दिनमा पनि दर्शक तथा स्रोताको निरन्तर माया र साथ पाउने विश्वास व्यक्त गरेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page