logo

शनिबार, असोज ३ २०८३

kantipurpationlinetv

२०८३ असोज ३ शनिबार

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन


  • शनिबार, असोज ३ २०८३
  • 63
    SHARES

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधानले प्रत्याभूत गरेका मूल्य र व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

    प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमानदार र निरन्तर सक्रिय नभए संविधान कागजमै सीमित हुने बताए । उनले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लक्ष्यलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

    शाहले सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचार र दण्डहीनता नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे । ‘यो सुरुवात हो, अन्त्य होइन’ भन्दै उनले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयास बलियो रहेको बताए । विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै उनले सरकार यस विषयमा सचेत रहेको बताए ।

    उनका अनुसार सरकारले सुशासनका लागि प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page