काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै शर्माले पार्टीलाई लक्ष्यमा पुर्याउन अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् । देशलाई सही गन्तव्यमा पुर्याउन चुनौतीको संयमपूर्वक सामना गर्नुपर्ने, फरक विचार र भावनालाई जोड्नुपर्ने तथा विगतका उपलब्धिको संरक्षण गर्दै कमजोरी सुधार्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
शर्माले इतिहासप्रति इमानदार रहँदै देशको समुन्नतिका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । थापाको नेतृत्वमा कांग्रेसले यी लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले नयाँ नेतृत्वलाई आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाएका छन् ।
‘लु ब्रदर, बलियो कमान्डका लागि शुभकामना !’ भन्दै शर्माले थापालाई शुभकामना दिएका हुन् ।
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी
-
कांग्रेस केन्द्रीय सदस्यमा दिपक बाबु कँडेलको दाबी, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने एजेन्डा
-
२५ वर्षे यात्राको उत्सव मनाउँदै लोक तथा दोहोरीगीत प्रतिष्ठान, ९औँ महाधिवेशन बर्दिबासमा
-
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा