गोरखा । गोरखाली ख्रीष्टियन समुदाय, गोरखाको नवौँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पा. जोयल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट सचिवमा पा. तेज बराम र कोषाध्यक्षमा पा. येशु बि.क. चयन भएका छन्। अधिवेशनले नेतृत्व चयनसँगै समुदायको संस्थागत विकास, आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकता दिएको छ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले प्रेम, एकता, नम्रता र सेवाभावलाई आत्मसात् गरी समुदायलाई थप एकताबद्ध र सक्रिय बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, परमेश्वरको वचन र अगुवाइमा समुदायका गतिविधिलाई प्रभावकारी बनाउँदै सुसमाचार, सामाजिक सेवा र आपसी सद्भाव विस्तारमा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग