काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्। त्यस्तै, अभियानमार्फत हालसम्म देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्।
एउटा क्यानबाटै कार जित्न सफल भएपछि प्रदीपले खुसी व्यक्त गरेका छन्। सुरुमा कार जितेको खबर पत्याउनै नसकेको बताउँदै उनले यो आफ्नो परिवारका लागि अविस्मरणीय खुसीको क्षण भएको बताएका छन्।
कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितिसकेका छन्। कम्पनीले अभियानमा बम्पर पुरस्कारस्वरूप एउटा प्रोटोन कारसहित १८ वटा मोटरसाइकल र १८ वटा स्कुटर राखेको थियो।
हालसम्म २८ जनाले मोटरसाइकल तथा स्कुटर प्राप्त गरिसकेका छन् भने अझै ८ वटा दुईपाङ्ग्रे सवारीसाधन जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।
म्याक्स टाइगरले एउटा क्यानबाटै आकर्षक पुरस्कार जित्न सकिने अवसर अझै बाँकी रहेकाले उपभोक्तालाई ‘दशैं धमाका २०२६’ अभियानमा सहभागी हुन आग्रह गरेको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग